नयाँ नियमNNRV
1यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें। ⓣ
2तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें। पृथ्वी र समुद्रलाई हानि पुर्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने,
3“हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।” ⓤ
4तब मैले मोहोर लगाइएकाहरूको संख्या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्तानको प्रत्येक कुलबाट थिए।
5यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो,रूबेनको कुलबाट बाह्र हजारलाई,गादको कुलबाट बाह्र हजारलाई,
6आशेरको कुलबाट बाह्र हजारलाई,नप्तालीको कुलबाट बाह्र हजारलाई,मनश्शेको कुलबाट बाह्र हजारलाई,
7शिमियोनको कुलबाट बाह्र हजारलाई,लेवीको कुलबाट बाह्र हजारलाई,इस्साखारको कुलबाट बाह्र हजारलाई,
8जबूलूनको कुलबाट बाह्र हजारलाई,योसेफको कुलबाट बाह्र हजारलाई,बेन्यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो।
9यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें।
10तिनीहरू उच्च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।”
11अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्ने घोप्टो परी यसो भन्दै परमेश्वरलाई दण्डवत् गरे।
12“आमेन! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद,सम्मान, शक्ति र सामर्थ्य सदासर्वदा होस्। आमेन!”
13धर्म-गुरुहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्?”
14अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्नुहुन्छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। ⓥ
15यसैकारण, “तिनीहरू परमेश्वरका सिंहासनको सामुन्ने छन्,र दिनरात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्,र सिंहासनमा विराजमान हुनुहुनेले आफ्नै उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
16तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्,सूर्यको राप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्नेछैन, ⓦ
17किनकि सिंहासनको बीचमा हुनुहुने थुमातिनीहरूका गोठालो हुनुहुनेछ,र तिनीहरूलाई डोर्याएर जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ,र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” ⓧ