पुरानो नियमNNRV
1आसापको भजन [1] परमेश्वर ठूलो समुदायमा विराजमान हुनुहुन्छ, “देवहरूका” बीचमा उहाँले न्याय गर्नुहुन्छ।
2तिमीहरू कहिलेसम्म अन्यायीहरूको पक्ष लिइबस्छौ,र दुष्टहरूको ओड़ थाप्छौ? सेला
3दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्याय गर।
4दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ।
5“तिनीहरूको न ज्ञान छ, न समझ, तिनीहरू अन्धकारमा यताउता डुल्छन्। पृथ्वीका सारा जग नै हल्लिएका छन्।
6“मैले भनें, “तिमीहरू “देव” हौ, ⓖर तिमीहरू सबै सर्वोच्चका छोराहरू हौ।’
7तापनि तिमीहरू मानिसहरूझैँ मर्नेछौ,र अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”
8हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्, किनकि सारा जातिहरू तपाईंको उत्तराधिकार हुन्।