पुरानो नियमNNRV

भजनसंग्रह 63

1तिनी यहूदाको मरुभूमिमा हुँदा दाऊदको भजन [1] हे परमेश्‍वर, तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, ⓣ म तपाईंलाई दिलोज्‍यानले खोज्‍छु। पानी नभएको ओबानो र बाँझो जमिनमा मेरो प्राण तपाईंको निम्‍ति तिर्खाउँछ,मेरो शरीर तपाईंकै निम्‍ति मरिमेट्‌दछ।

2मैले तपाईंलाई पवित्रस्‍थानमा देखेको छु,र तपाईंको शक्ति र महिमा देखें।

3तपाईंको प्रेम जीवनभन्‍दा श्रेष्‍ठ छ, यसकारण मेरा ओठले तपाईंको महिमा गर्नेछन्‌।

4म मेरो जीवनभरि नै तपाईंको प्रशंसा गर्नेछु,र तपाईंको नाउँमा म आफ्‍ना हात उचाल्‍नेछु।

5असल भोजनले झैँ मेरो प्राण तृप्‍त हुनेछ, मेरो मुखले सङ्गीतमय ओठसित तपाईंको प्रशंसा गर्नेछ।

6मेरो ओछ्यानमा म तपाईंको सम्‍झना गर्छु,र रातभरि तपाईंको ध्‍यान गर्छु।

7तपाईं मेरो सहायता हुनुहुन्‍छ, यसकारण म तपाईंका पखेटाको छायामुनि आनन्‍दले गाउँछु।

8मेरो प्राण तपाईंमा लुटुपुटु भएको छ, तपाईंको दाहिने बाहुलीले मलाई सम्हाल्‍दछ।

9मेरो प्राण लिन खोज्‍नेहरूचाहिँ पृथ्‍वीको तल्‍लो भागमा पुगेर नष्‍ट हुनेछन्‌।

10तिनीहरू तरवारले मारिनेछन्‌,र स्‍यालहरूको आहार हुनेछन्‌।

11तर राजाचाहिँ परमेश्‍वरमा आनन्‍दित हुनेछन्‌, परमेश्‍वरको नाउँमा शपथ लिनेहरूले उहाँको प्रशंसा गर्नेछन्‌, तर झूटा बोल्‍नेहरूका मुख थुनिनेछन्‌।