पुरानो नियमNNRV

भजनसंग्रह 3

1आफ्‍नो छोरो अब्‍शालोमदेखि भाग्‍दा दाऊदको भजन ⓜ [1] हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्‌! मेरो विरुद्धमा उठ्‌नेहरू धेरै छन्‌।

2मेरो विषयमा धेरैले भनिरहेछन्‌, “परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछैन।” सेला [1]

3तर हे परमेश्‍वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्‍छ, तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्‍छ।

4म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु,र उहाँले आफ्‍नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्‍छ।

5म पल्‍टन्‍छु, र निदाइहाल्‍छु, म फेरि बिउँझन्‍छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्‍नुहुन्‍छ।

6मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्‍ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।

7हे परमप्रभु, उठ्‌नुहोस्‌! हे मेरा परमेश्‍वर, मलाई बचाउनुहोस्‌! मेरा सबै शत्रुहरूका गालामा चड्‌काउनुहोस्‌।दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्‌।

8छुटकारा परमप्रभुबाट आउँछ। तपाईंको आशीर्वाद तपाईंका प्रजामाथि रहोस्‌! सेला