पुरानो नियमNNRV
1दाऊदको मस्किल भन्ने भजन [1] धन्य त्यो व्यक्ति, जसका अपराध क्षमा भएको छ, ⓟर जसका पाप ढाकिएका छन्।
2त्यो मानिस धन्य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न,र जसको मनमा छलकपट छैन।
3जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्दनले मेरा हाड़हरू खिइएर गए।
4किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भएझैँ सुकिसकेको थियो। सेला
5तब मैले आफ्नो पाप तपाईंको सामुन्ने स्वीकार गरें,र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु।”र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
6यसकारण हरेक भक्तजनले, जबसम्म तपाईंलाई प्राप्त गर्न सकिन्छ, तपाईंमा प्रार्थना गरोस्। अनि दु:ख-कष्ट र उर्लेको भेलले त्यसलाई छुनेछैन।
7तपाईं मेरो आश्रय हुनुहुन्छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। सेला
8म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु।
9समझै नभएको घोडा अथवा खच्चरजस्ता तिमी नहोऊ, जसलाई रोक्न लगाम र डोकरि चाहिन्छन्, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्।
10दुष्टहरूले धेरै कष्ट भोग्नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने अचूक कृपाले घेर्नेछ।
11हे धर्मात्मा हो, परमप्रभुमा आनन्दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्दसाथ जयजयकार गर!