पुरानो नियमNNRV
1दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको पवित्रस्थानमा कसले वास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा को बस्न पाउनेछ?
2त्यो मानिस, जसको चाल निर्दोष छ,र जसले ठीक-ठीक काम गर्छ,र हृदयबाट सत्य बोल्छ,
3जसले आफ्नो जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको बिगार गर्दैन,र आफ्नो साथी-भाइको अपवाद फैलाउँदैन,
4जसले भ्रष्ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्नेहरूलाई आदर गर्दछ, जसले आफ्नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्लँदैन,
5जसले आफ्नो रुपियाँ व्याजमा लाउँदैन,र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन।