पुरानो नियमNNRV

भजनसंग्रह 129

1यात्राको गीत [1] तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्‍यै कष्‍ट दिएका छन्‌: इस्राएलले भनोस्‌:

2तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्‍य कष्‍ट दिएका छन्‌, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्‌।

3हलीहरूले मेरो पिठिउँमा हलो जोते,र पिठिउँभरि लामा हलरेखाले कोरे।

4तर परमप्रभु धर्ममय हुनुहुन्‍छ,र उहाँले दुष्‍टहरूका बन्‍धन छिनालिदिनुभएको छ।

5सियोनलाई घृणा गर्नेहरू, सबै शर्ममा परून्‌,र हटेर जाऊन्‌।

6तिनीहरू घरका धुरीमा भएको घाँसजस्‍तै होऊन्‌, जो बढ्‌न अघि नै ओइलाइहाल्‍छ,

7र जसबाट घाँस काट्‌नेले एक मुट्ठी काट्‌न सक्‍दैन,र बिटा बाँध्‍नेले एक अँगालो पनि भर्न सक्‍दैन।

8त्‍यताबाट भएर जानेहरूले कदाचित्‌ नभनून्‌, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्‌! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्‍छौं।”