पुरानो नियमNNRV
1यात्राको गीत [1] जब परमप्रभुले सियोनका निर्वासितहरूलाई फर्काएर ल्याउनुभयो, तब हामी सपना देख्नेहरूजस्ता थियौं।
2तब हाम्रो मुख हाँसोले,र हाम्रो जिब्रो आनन्दको आवाजले भरिए। तब जातिहरूका बीचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्ति महान् काम गर्नुभएको छ।”
3परमप्रभुले हाम्रा निम्ति महान् काम गर्नुभएको छ,र हामी आनन्दले भरिएका छौं।
4हे परमप्रभु, नेगेव देशका नदीहरू उर्लेझैँ, हाम्रा सुख-शान्ति फर्काइदिनुहोस्।
5आँसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्।
6जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्छ, त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछ।