पुरानो नियमNNRV

भजनसंग्रह 125

1यात्राको गीत [1] परमप्रभुमा भरोसा राख्‍नेहरू सियोन पर्वतझैँ छन्‌, जसलाई हल्‍लाउन सकिँदैन तर सदासर्वदै स्‍थिर रहन्‍छ।

2पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्‍ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्‍नुहुन्‍छ।

3दुष्‍टहरूको राजदण्‍ड धर्मीहरूका निम्‍ति राखिएको देशमा रहनेछैन, नत्रता धर्मीहरूले आफ्‍ना हात अधर्मतिर लगाउनेछन्‌।

4हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस्‌, तिनीहरूलाई जसका हृदय सोझा छन्‌।

5तर कुमार्गतिर लाग्‍नेहरूलाई परमप्रभुले दुष्‍ट काम गर्नेहरूसँग निर्वासित गर्नुहुनेछ। इस्राएलमा शान्‍ति होस्‌।