पुरानो नियमNNRV

भजनसंग्रह 100

1हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।

2आनन्‍दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्‍ने आओ।

3परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।

4उहाँको भवनका द्वारहरूभित्र धन्‍यवादसाथ पस,र प्रशंसा गर्दै उहाँको मन्‍दिरमा प्रवेश गर। उहाँलाई धन्‍यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।

5किनभने परमप्रभु भला हुनुहुन्‍छ, र उहाँको करुणा सदाकाल रहन्‍छ। ⓑ उहाँको विश्‍वसनीयता पुस्‍तादेखि पुस्‍तासम्‍म रही नै रहन्‍छ।