पुरानो नियमNNRV
1हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्,र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने,
2बुद्धिका कुराहरू ध्यान दिइस्र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,
3अन्तर्दृष्टिको लागि पुकारा गरिस्,र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस् भने,
4यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्,र गाड़धनझैँ त्यो खनिस् भने,
5तैंले परमप्रभुको भय बुझ्नेछस्,र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।
6किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ,र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
7उहाँले ईमानदारको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ,
8किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ,र आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ।
9तब धार्मिकता न्यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्नेछस्।
10किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ,र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ।
11विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ।
12बुद्धिले तँलाई दुष्ट चालबाट,र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।
13त्यस्ताहरू ईमानदारीको चाल त्यागेर अन्धकारमा हिँड्डुल गर्छन्,
14तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन्,र दुष्टको बदमाशीमा रमाउँछन्,
15जसका बाटाहरू बाङ्गोटिङ्गो,र जसका आफ्नै चालहरू कुटिल छन्।
16बुद्धिले तँलाई व्यभिचारिणी,र अनैतिक स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,
17जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे,र परमेश्वरको सामु आफूले बाँधेको करारको बेवास्ता गरेकी छे।
18त्यसको घरभित्र पस्नेलाई मृत्युले ओह्रालो लैजान्छ,र त्यसको बाटोमा लाग्नेहरू मृतकहरूको देशमा पुग्छन्।
19त्यस स्त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्यस्ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्।
20यसैकारण भला मानिसहरूको अनुसरण गर्,र धर्मी मानिसको चालमा लागिबस्।
21किनभने धर्मीहरू देशमा वास गर्नेछन्,र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्।
22तर दुष्टहरू देशबाट जरैसमेत उखेलिनेछन्,र विश्वासघातीहरू झारझैँ फ्याँकिनेछन्।