पुरानो नियमNNRV

अय्‍यूब 8

1तब बिल्‍दद शुहीले यसो भन्‍न सुरु गरे:

2तपाईंले कहिलेसम्‍म यस्‍तो कुरा गरिरहनुहुन्‍छ?तपाईंका वचनहरू गर्जने हावा मात्र हुन्‌।

3के परमेश्‍वरले न्‍यायलाई भ्रष्‍ट पार्नुहुन्‍छ?के सर्वशक्तिमान्‌ले इन्‍साफलाई भ्रष्‍ट गर्नुहुन्‍छ?

4जब तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरे,उहाँले तिनीहरूलाई तिनीहरूकै पापका शिकार बनाउनुभयो।

5अब यदि तपाईंले परमेश्‍वरलाई यत्‍नपूर्वक खोज्‍नुभयो भने,र सर्वशक्तिमान्‌को निगाहको निम्‍ति बिन्‍ती गर्नुभयो भने,

6यदि तपाईं निर्दोष र सोझो हुनुहुन्‍छ भने,निश्‍चय नै तपाईंको पक्षमा उहाँ उठ्‌नुहुनेछ,र उहाँले तपाईंको घर पुनर्निर्माण गरिदिनुहुनेछ।

7तपाईंको सुरुको अवस्‍थाहरू निम्‍न देखिनेछन्, त्‍यसरी तपाईंको अन्‍त अति महान्‌ हुनेछ।

8“अघिका पुस्‍तालाई सोध्‍नुहोस्,अनि तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर्नुहोस्‌।

9किनभने हामी त हिजो मात्र जन्‍मेका हौं,अनि हामी केही पनि जान्‍दैनौं।र पृथ्‍वीमा हाम्रो दिन त छायाजस्‍तो मात्र छ।

10के ती तपाईंलाई सिकाउँदैनन्,र तिनले तपाईंलाई भन्‍दैनन्‌?र तिनका हृदयका ज्ञानको कुरा पोखाउँदैनन्‌?

11के सिमसार नभएको ठाउँमा काँस-नर्कट अल्‍गा हुन्‍छन्‌?के निगालाहरू पानीविना लहलह बढ्‌न सक्‍छन्‌?

12तिनीहरू बढ्‌दै गरेको अवस्‍थामार काट्‌न तयार नभएकै समयमाघाँसभन्‍दा चाँड़ै नै ओइलाइहाल्‍छन्‌।

13परमेश्‍वरलाई बिर्सनेको दशा पनि त्‍यस्‍तै हुन्‍छ,ईश्‍वरहीन मानिसहरूको आशा यसरी नष्‍ट हुन्‍छ।

14त्‍यसको भरोसा पातलो धागोजस्‍तै हुन्‍छ,त्‍यसको आशाको जग माकुरोको जालजस्‍तै हुन्‍छ।

15त्‍यो आफ्‍नो जालमा अड़ेस लाग्‍छ,तर त्‍यसले उसलाई थाम्‍न सक्‍दैन।उसले त्‍यसलाई अँठ्याएर समाते तापनि त्‍यो स्‍थिर रहँदैन।

16घाम पाएर पानीले रसिलो भई बढ़ेको बिरुवाजस्‍तो त्‍यो हुन्‍छ,र त्‍यसका पालुवाहरू बारीमा झाँगिएर जान्‍छन्,

17त्‍यसका जराले ढुङ्गाका थुप्रोलाई बेहर्छर ढुङ्गाका बीचमा स्‍थान खोज्‍छ।

18तर जब कसैले त्‍यसलाईत्‍यसको ठाउँबाट जरैसमेत उखेल्‍छ,र त्‍यस ठाउँले त्‍यसलाई इन्‍कार गरेर यसो भन्‍छ,‘मैले तँलाई कहिल्‍यै चिनेको थिइनँ।’

19त्‍यसरी नै त्‍यसको जीवन ओइलाएर जान्‍छ,र अरू बोटहरू जमिनबाट उम्रेर निस्‍कन्‍छन्‌।

20“यो निश्‍चय जान्‍नुहोस्,निर्दोष मानिसलाई परमेश्‍वर इन्‍कार गर्नुहुन्‍न,न त उहाँले दुष्‍ट काम गर्नेहरूकोहातलाई बलियो पार्नुहुन्‍छ।

21तापनि उहाँले तपाईंको मुखमा हाँसोर रमाहटको ठूलो सोरले तपाईंको ओठ भरिदिनुहुनेछ।

22तपाईंका शत्रुहरू शर्ममा पर्नेछन्,र दुष्‍टहरूका पाल लोप हुनेछन्‌।”