पुरानो नियमNNRV

अय्‍यूब 14

1“स्‍त्रीबाट जन्‍मेको मानिस अल्‍पआयुको र अशान्‍तिले भरिएको हुन्‍छ,

2त्‍यो फूलझैँ फक्रन्‍छ र ओइलाइहाल्‍छ।त्‍यो क्षणिक छायाजस्‍तै हराइहाल्‍छ, रहँदैन।

3के तपाईं यस्‍तो प्राणीमाथि दृष्‍टि राख्‍नुहुन्‍छ?के त्‍यसलाई तपाईं आफ्‍नो सामुन्‍ने न्‍यायको लागि ल्‍याउनुहुन्‍छ?

4अशुद्धबाट कसले शुद्ध निकाल्‍न सक्‍छ? कसैले सक्‍दैन!

5मानिसको जीवनका दिनहरू तोकिएका छन्,अनि त्‍यसका महिनाको संख्‍यातपाईंले निर्धारण गर्नुभएको छ।र तपाईंले त्‍यसको सीमा ठहराउनुभएको छ,त्‍यसले त्‍यो नाघ्न सक्‍दैन।

6यसकारण त्‍यसबाट तपाईं आफ्‍नो मुख फर्काउनुहोस्,र ज्‍यालादार मजदूरले जस्‍तै आफ्‍नो समय पूरा नगरेसम्‍म त्‍यसलाई एकलै छोड़िदिनुहोस्‌।

7रूखको लागि आशा हुन्‍छ: काटियो भने त्‍यो फेरि पलाउने हुन्‍छ,र त्‍यसमा नयाँ पालुवा आउन थामिँदैन।

8त्‍यसका जराहरू भूइँमा छिपिसकेर त्‍यसको ठुटा जमिनभित्र मरे तापनि

9पानीको गन्‍ध पाएपछि, त्‍यो फेरि पलाउन थाल्‍छ,र कलिलो बोटझैँ त्‍यो पलाएर आउँछ।

10तर मान्‍छे त मरिहाल्‍छ, र लोप हुन्‍छ।मानिस आफ्‍नो आखिरी अवस्‍थामा आइपुग्‍छ, र त्‍यो रहँदैन।

11जसरी समुद्रको पानी बिस्‍तार-बिस्‍तार घट्‌दैजान्‍छ,अथवा जसरी नदी घटेर सुकिहाल्‍छ,

12त्‍यसरी नै मरणशील मानिस ढल्‍छ,र कहिल्‍यै उठ्‌दैन, जबसम्‍म आकाशहरू मेटिदैँनन्,मानिसहरू ब्‍यूँझनेछैनन्‌ अथवा आफ्‍ना निद्राबाट तिनीहरू फेरि कहिल्‍यै उठ्‌नेछैनन्‌।

13“तपाईंले मलाई चिहानमा [1] लुकाउनुभए,अनि तपाईंको रीस नहटेसम्‍म मलाई गुप्‍तमा राख्‍नुभए त,तपाईंले मेरो समयको सीमा तोकिदिएर,मलाई सम्‍झनु भए त हुनेथियो!

14के मानिस मरेपछि ऊ फेरि जिउँछ?मेरो कठिन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्‍ति म प्रतीक्षा गर्नेछु।

15तपाईंले मलाई बोलाउनुहुनेछ।म तपाईंको जवाफ दिनेछु।आफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्‍छा गर्नुहुनेछ।

16निश्‍चय तपाईंले मेरा सबै चाल हेर्नुहुनेछतर तपाईं मेरो पापको लेखा राख्‍नुहुन्‍न।

17मेरो हरेक कसूर तपाईंको थैलोमा सञ्‍चय गरिएको हुनेछ।तपाईंले मेरो अधर्म छोपेर राख्‍नुहुनेछ।

18“तर पहाड़ खिइएर चूर्ण भएझैँर चट्टान त्‍यसको ठाउँबाट हटाइएझैँ,

19पानीले ढुङ्गाहरूलाई खियाएझैँ,तथा वर्षाको पानीले भूइँको माटोलाई खाएझैँ,तपाईंले मानिसको आशा टुटाइदिनुभएको छ।

20आखिरमा तपाईंले त्‍यसलाई जित्‍नुहुन्‍छ,र त्‍यो रहँदैरहँदैन,त्‍यसको अनुहारको रूप तपाईंले बदल्‍नुहुन्‍छ।र त्‍यो तपाईंको दृष्‍टिबाट बहिष्‍कृत हुन्‍छ।

21त्‍यसका छोराहरू मान पाएर आदरणीय बने तापनि,त्‍यसले चाहिँ त्‍यो थाहा पाउनेछैन,तिनीहरू होच्‍याइए भने पनि त्‍यसलाई त्‍यो थाहा हुनेछैन।

22त्‍यसले केवल आफ्‍नै शरीरको कष्‍ट मात्र थाहा गर्छ,र त्‍यसले आफ्‍नै निम्‍ति मात्र विलाप गर्छ।”