पुरानो नियमNNRV

अय्‍यूब 12

1तब अय्‍यूबले जवाफ दिए:

2“निस्‍सन्‍देह तपाईंहरू मानिस हुनुहुन्‍छ,र सम्‍पूर्ण बुद्धि तपाईंहरूसितै मर्नेछ!

3तर तपाईंहरूको जस्‍तो मेरो पनि मन छ,केही कुरामा पनि म तपाईंहरूभन्‍दा कम छैनँ।यस्‍ता कुरा कसले जान्‍दैन र?

4“तापनि म मेरा मित्रहरूको निम्‍ति एउटा हाँसोको पात्र भएको छु,यद्यपि मैले परमेश्‍वरलाई पुकारें,र उहाँले उत्तर दिनुभयो—निर्दोष र निरपराध भए पनि हाँसोको पात्र।

5सुखमा बस्‍ने मानिसहरू दुर्भाग्‍यलाई घृणा गर्दछन्‌।चिप्‍लन लागेका पाउजस्‍तै तिनीहरू हुन्‍छन्‌।

6लूटपीट गर्नेहरूका पालमा खलबल हुँदैन,र परमेश्‍वरलाई रीस उठाउनेहरूचाहिँ सुरक्षित रहन्‍छन्‌—तिनीहरू जसले आफ्‍ना देवहरूलाई आफ्‍ना हातमा बोक्‍छन्‌।

7“तर गएर पशुलाई सोध्‍नुहोस्‌र तिनीहरूले तपाईंलाई सिकाउनेछन्,अथवा आकाशका चराहरूलाई,अनि उनीहरूले तपाईंलाई बताउनेछन्,

8अथवा पृथ्‍वीसित बोल्‍नुहोस्,र त्‍यसले तपाईंलाई सिकाउनेछ,वा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्‌।

9परमेश्‍वरको आफ्‍नै हातले यी सबै गर्नुभएको हो भनीयी सबैमध्‍येबाट कसले जान्‍दैन र?

10जीवितहरू सबैका प्राण,सबै मानिस-जातिका आत्‍मा परमेश्‍वरकै हातमा छ।

11के जिब्रोले खानेकुराको स्‍वाद लिएझैँबोलेका वचन कानले जाँच गर्दैन र?

12के पाकाहरूका बीचमा बुद्धि पाइँदैन र?के लामो आयुले समझ ल्‍याउँदैन?

13“बुद्धि र पराक्रम परमेश्‍वर कै हुन्,उहाँसँगै सल्‍लाह र समझ छन्‌।

14उहाँले भत्‍काउनुभयो भने त्‍यो पुनर्निर्माण हुँदैन,उहाँले कैद गर्नुभएको मानिसको छुटकारा हुँदैन।

15उहाँले पानी रोक्‍नुभयो भने खड़ेरी पर्छ,उहाँले त्‍यो छोड़िदिनुभयो भनेत्‍यसले भूमिलाई सर्वनाश पार्छ।

16सामर्थ्‍य र विजय उहाँ कै हुन्,धोका दिने र धोका खाने दुवै उहाँकै हुन्‌।

17उहाँले सल्‍लाहकारहरूलाई निर्बुद्धि तुल्‍याउनुहुन्‍छ,र न्‍यायाधीशहरूलाई मूर्ख बनाइदिनुहुन्‍छ।

18राजाहरूले लगाइदिएका बन्‍धनलाई उहाँले फुकाल्‍नुहुन्‍छ,अनि तिनीहरूका कम्‍मरमा अधिकारको पटुका लगाइदिनुहुन्‍छ।

19उहाँले पूजाहारीहरूलाई नाङ्गो पारी डोर्‍याउनुहुन्‍छ,र चिरकालदेखि काम गर्नेमानिसहरूलाई उहाँले खारिज गरिदिनुहुन्‍छ।

20भर पर्न सक्‍ने सल्‍लाहकारलाई उहाँले चूप तुल्‍याउनुहुन्‍छ,वृद्ध मानिसको बुद्धि उहाँले रद्द गर्नुहुन्‍छ।

21उहाँले शासकहरूमाथि निन्‍दा खन्‍याउनुहुन्‍छ,र शक्तिशालीलाई नि:शस्‍त्र पार्नुहुन्‍छ।

22उहाँले अन्‍धकारका गहिरा रहस्‍यहरू प्रकट गर्नुहुन्‍छ,र निस्‍पट्ट अँध्‍यारोमा उहाँले प्रकाश ल्‍याउनुहुन्‍छ।

23उहाँले जाति-जातिहरूलाई महान्‌ बनाउनुहुन्‍छ र तिनीहरूलाई नाश गर्नुहुन्‍छ उहाँले जातिहरूलाई विस्‍तार गर्नुहुन्‍छ र तिनीहरूलाई तितरबितर पार्नुहुन्‍छ।

24उहाँले पृथ्‍वीका शासकहरूका बुद्धि खोस्‍नुहुन्‍छ,र बाटो नभएको उजाड़-स्‍थानमायताउता बरालिन तिनीहरूलाई छोड़िदिनुहुन्‍छ।

25उज्‍यालोविना तिनीहरू अन्‍धकारमा छामछाम-छुमछुम गरिहिँड्‌छन्,र मताहा मानिसझैँ धरमरिँदै हिँड्‌नलाईउहाँले तिनीहरूलाई त्‍यागिदिनुहुन्‍छ।