पुरानो नियमNNRV
1जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो।” उनले तिनलाई जवाफ दिए, “हजूर।”
2तिनले भने, “हेर्, म वृद्ध भएँ। मेरो मर्ने दिन कहिले आउँछ म भन्न सक्दिनँ।
3अब तेरा हतियारहरू, अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्ति शिकार मारेर,
4स्वादिष्ठ तरकारी बनाई मकहाँ ले, र खाएर मेरो मृत्युअघि म तँलाई आशिष् दिऊँ।”
5इसहाकले एसावसँग यसरी कुरा गर्दा रिबेकाले सुनिरहेकी थिइन्। जब एसाव मैदानमा शिकार मारेर ल्याउन गए,
6तब रिबेकाले आफ्ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरिरहेको मैले सुनें,
7‘शिकार मारेर मकहाँ ले, र मेरो निम्ति स्वादिष्ठ तरकारी तयार गर्, र त्यो खाएर मेरो मृत्युअघि परमप्रभुको सामुन्ने म तँलाई आशिष् दिनेछु।’
8यसकारण ए छोरो, मैले तँलाई भनेबमोजिम मेरो कुरा मान्।
9बथानमा गएर दुई वटा असल-असल पाठा लिएर आइज, र तेरा बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी म बनाइदिऊँ।
10अनि तैंले त्यो तेरा बुबाकहाँ लैजा, र तिनले यो खाएर आफ्नो मृत्युअघि तँलाई नै आशिष् देऊन्।”
11याकूबले आफ्नी आमा रिबेकालाई भने, “तर हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्। मचाहिँ रौँ नभएको छु।
12शायद मेरा पिताले मलाई छाम्नुहुन्छ, र उहाँको सामु म छली देखिनेछु। र आशिष् त होइन, तर ममाथि सराप आइपर्ला।”
13तिनकी आमाले तिनलाई भनिन्, “हे मेरो छोरो, तँलाई दिएको सराप ममाथि नै परोस्। केवल मेरो कुरा मान्, र गएर ती मकहाँ ले।”
14तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए, र तिनले याकूबका बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी तयार गरिन्।
15तब घरमा भएका आफ्ना जेठो छोरा एसावका असल-असल लुगाहरू झिकेर रिबेकाले ल्याइन्, र कान्छा छोरा याकूबलाई लगाइदिइन्।
16बाख्राका पाठाका छालाहरू याकूबका हात र घाँटीका रौँ नभएका भागमा तिनले लगाइदिइन्,
17अनि आफूले तयार पारेका स्वादिष्ठ तरकारी र रोटी आफ्ना छोरा याकूबका हातमा दिइन्।
18याकूबले आफ्ना पिताकहाँ गएर भने, “बुबा।” इसहाकले भने, “हँ, तँ को होस्?”
19याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले अह्राउनुभएबमोजिम मैले गरेको छु। अब उठेर बस्नुहोस्, र मैले ल्याएको शिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस्।”
20इसहाकले आफ्ना छोरालाई भने, “छोरो, कसरी तैंले यति चाँड़ै त्यो भेट्टाउन सकिस्?” तिनले जवाफ दिए, “परमप्रभु तपाईंका परमेश्वरले मलाई सफल गराउनुभयो।”
21तब इसहाकले याकूबलाई भने, “छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस् कि होइनस् म यसो हेरूँ।”
22याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्।”
23तिनका हातहरू तिनका दाजु एसावकै हातजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकूबलाई आशिष् दिए।
24इसहाकले तिनलाई सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव नै होस् त?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ।”
25तब इसहाकले भने, “तैंले शिकार गरेको मासु यहाँ ले, र म खाऊँ, र तँलाई आशिष् दिऊँ।” तब याकूबले त्यो आफ्ना पिताकहाँ ल्याए, र उनले खाए। अनि तिनले दाखमद्य पनि लगिदिए, र उनले पिए।
26तब तिनका पिता इसहाकले तिनलाई भने, “मेरो नजिकै आएर मलाई म्वाइँ खा, मेरो छोरो।”
27याकूब नजिक गएर आफ्ना पितालाई म्वाइँ खाए। अनि इसहाकले तिनका लुगाहरूको गन्ध सुँघेर यसो भनी आशिष् दिए, ⓘ “हेर, मेरो छोराको बास्ना,परमप्रभुले आशिष् दिनुभएकोखेतको बास्नाजस्तै छ।
28परमेश्वरले तँलाई आकाशको शीतबाटर पृथ्वीको प्रचुरताबाट धेरैदाखमद्य र अन्न देऊन्।
29जाति-जातिले तेरो सेवा गरून्। ⓙर मानिसहरूले तँलाई दण्डवत् गरून्।तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्,र तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून्।तँलाई सराप्नेहरू सबै श्रापित होऊन्,र तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन्।”
30इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका दाजु एसाव शिकारबाट आइपुगे।
31उनले पनि स्वादिष्ठ तरकारी तयार गरेर आफ्नो पिताकहाँ ल्याए। र उनले आफ्नो पितालाई भने, “बुबा, उठेर आफ्नो छोराले ल्याएको शिकार खानुहोस्, र मलाई आशिष् दिनुहोस्।”
32उनका पिता इसहाकले उनलाई सोधे, “तँचाहिँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ।”
33इसहाक भयानकसँग कामे र भने, “त्यसोभए त्यो को थियो जसले शिकार गरेर यहाँ मकहाँ ल्यायो, र तँ आउन अघि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकें? हो, त्योचाहिँ आशीर्वादी हुनेछ।”
34जब एसावले आफ्ना पिता इसहाकका यी कुरा सुने तब उनी अत्यन्तै विह्वल भई चर्को सोरले रोए र आफ्ना पितालाई भने, “बुबा, मलाई पनि आशिष् दिनुहोस्।”
35तर इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष् लगिहाल्यो।”
36एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठीकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठगिसक्यो। त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?” ⓚ
37इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्यसलाई तेरो मालिक तुल्याइसकें। र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ। अन्न र दाखमद्यले मैले त्यसलाई तृप्त पारेको छु। अब तेरो निम्ति म के गर्न सक्छु र, छोरो?”
38एसावले आफ्ना पितालाई भने, “तपाईंसित एउटै मात्र आशिष् छ र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस्।” अनि एसाव डाँको छोड़ेर रोए। ⓛ
39तब उनका पिता इसहाकले भने, ⓜ “हेर्, तेरो बसोबास पृथ्वीकोप्रशस्तपनाबाट बाहिरै हुनेछ,र आकाशको शीतबाट बाहिर।
40तैंले आफ्नो तरवारको बलले जीविका चलाउनेछस्, ⓝर तैंले तेरो भाइको सेवा गर्नेछस्।तर तँ व्याकुल भएपछितैंले त्यसको जुवा तेरो काँधबाटहल्लाएर फ्याँक्नेछस्।”
41आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनीसँग दुश्मनी गर्न लागे, र एसावले मनमनै भने, “मेरा पिताको मर्ने बेला नजिकै आइपुगेको छ। त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु।”
42तर तिनका जेठा छोरा एसावको यो कुरा रिबेकाकहाँ पुग्यो। यसकारण रिबेकाले आफ्ना कान्छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ।
43यसकारण ए छोरो, मैले भनेको कुरा मान्। तँ हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा,
44र तेरो दाजुको रीस नमरुञ्जेल केही दिन त्यहाँ उनीसँग बस्।
45तैंले तेरो दाजुमाथि गरेको काम त्यसले बिर्सेर तँसँग गरेको रीस मरेपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवै जनाको वियोग मैले किन सहने?”
46तब रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ?”