पुरानो नियमNNRV

प्रस्‍थान 15

1तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्‍तुति गाए: ⓨ “म परमप्रभुको स्‍तुतिगान गाउनेछु,किनकि उहाँ धेरै उचालिनुभएको छ।घोड़ा र त्‍यसको सवारलाईउहाँले समुद्रमा फालिदिनुभएको छ।

2परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्‍छ, ⓩर उहाँ मेरो मुक्ति हुनुभएको छ।उहाँ मेरा परमेश्‍वर हुनुहुन्‍छ, म उहाँको स्‍तुति गर्नेछु।मेरा पिता-पुर्खाका परमेश्‍वर, म उहाँको नाउँ उच्‍च पार्नेछु।

3परमप्रभु नै योद्धा हुनुहुन्‍छ,उहाँको नाउँ परमप्रभु हो।

4फारोका रथहरू र उनका सेनालाई समेतउहाँले समुद्रमा फालिदिनुभएको छ।फारोका सर्वश्रेष्‍ठ अधिकृतहरू लाल समुद्रमा डुबे।

5गहिरा पानीले उनीहरूलाई छोपे।उनीहरू ढुङ्गाझैँ गहिराइमा डुबे।

6हे परमप्रभु, तपाईंको दाहिने बाहुलीशक्तिमा प्रतापी थियो, हे परमप्रभु,तपाईंको दाहिने बाहुलीलेशत्रुहरूलाई चकनाचूर पार्‍यो।

7तपाईंका विरुद्धमा उठ्‌नेहरूलाईतपाईंका गौरवको उच्‍चतामा तपाईंले तल झार्नुभयो।तपाईंले आफ्‍नो जल्‍दो क्रोध प्रकट गर्नुभयो,र त्‍यसले उनीहरूलाई ठोसाझैँ भस्‍म पार्‍यो।

8तपाईंका नाकको सासले पानीको थुप्रो लाग्‍यो, उर्लिंदो पानी एकै थुप्रो भई पर्खालजस्‍तो स्‍थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्‍यो।

9“शत्रुले धाक लगायो,‘म तिनीहरूलाई खेदेर भेट्टाउनेछु,लुटिएका मालहरू म बाँड्‌नेछु।तिनीहरूमा म टन्‍न भोज गर्नेछु।म मेरो तरवार थुत्‍नेछु,र मेरो हातले तिनीहरूलाई नष्‍ट पार्नेछु।’

10तर तपाईंले आफ्‍नो सास फुक्‍नुभयो,र समुद्रले उनीहरूलाई छोप्‍यो।शक्तिशाली समुद्रमा उनीहरू सीसाझैँ डुबे।

11हे परमप्रभु, देवताहरूमातपाईंझैँ को छ र?पवित्रतामा अति महान्, महिमामा भययोग्‍य,र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र?

12तपाईंले आफ्‍नो दाहिने बाहुली पसार्नुभयो,र पृथ्‍वीले उनीहरूलाई निलिहाल्‍यो।

13“तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाईतपाईंले आफ्‍नो नचुक्‍ने प्रेममा डोर्‍याउनुहुनेछ।तपाईंले आफ्‍नो शक्तिद्वारै तिनीहरूलाईआफ्‍नो पवित्र वासस्‍थानमा अगुवाइ गर्नुहुनेछ।

14जातिहरूले सुन्‍नेछन्‌ र काम्‍नेछन्‌।पलिश्‍त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ।

15एदोमका अधिपतिहरू भयभीत हुनेछन्,मोआबका नेताहरूलाई कम्‍पले पक्रनेछ।कनानका सारा बासिन्‍दाहरू पग्‍लनेछन्,डर र त्रास उनीहरूमाथि पर्नेछ।

16हे प्रभु, तपाईंका प्रजा पार नहोउञ्‍जेल,तपाईंले किन्‍नुभएका प्रजा पार नहोउञ्‍जेलतपाईंका पाखुराको शक्तिलेउनीहरू पत्‍थरझैँ अचल रहनेछन्‌।

17तपाईंले तिनीहरूलाई ल्‍याएर तपाईंकोआफ्‍नो उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ— त्‍यसै ठाउँमा,हे परमप्रभु, जो तपाईंले आफ्‍नो वासको निम्‍ति बनाउनुभयो,त्‍यही पवित्रस्‍थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीहरूले स्‍थापना गरे।

18परमप्रभुले सदासर्वदै राज्‍य गर्नुहुनेछ।”

19जब फारोका घोड़ाहरू र उनका रथहरू र घोड़चढ़ीहरू समुद्रमा परे, तब परमप्रभुले उनीहरूमाथि समुद्रको पानी फर्काएर ल्‍याउनुभयो, तर इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए।

20तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्‍त्रीहरू पनि खैँजड़ी लिएर नाच्‍दै तिनका पछिपछि निस्‍के।

21मिरियम यसो भन्‍दै गाउन लागिन्‌: “परमप्रभुको स्‍तुति गाओ,किनभने उहाँ धेरै उचालिनुभएको छ।घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”

22तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रबाट अगि डोराएर लगे, र तिनीहरू शूरको उजाड़-स्‍थानतिर लागे। उजाड़-स्‍थानमा हिँड्‌दा तीन दिनसम्‍म तिनीहरूले पानी पाएनन्‌।

23अनि मारा [1] भन्‍ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्‍यो तीतो थियो। (यसैले त्‍यसको नाउँ मारा भयो।)

24यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे।

25तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्‍यो पानीमा हाल्‍दा पानी मीठो भयो। त्‍यहीँ नै परमप्रभुले तिनीहरूका निम्‍ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो।

26र उहाँले भन्‍नुभयो, “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका कुरा ध्‍यानसित सुन्‍यौ, उहाँको दृष्‍टिमा जे ठीक छ सो गर्‍यौ, र उहाँका आज्ञाहरूमा ध्‍यान लगायौ, र उहाँका सबै विधिहरू मान्‍यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्‍याएको थिएँ, तीमध्‍ये एउटै पनि तिमीहरूमाथि ल्‍याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।”

27अनि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका बोटहरू थिए। तिनीहरूले त्‍यही पानीनेर पाल टाँगे।