पुरानो नियमNNRV
1हारूनका छोराहरूका विभाजन: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए।
2तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताको मृत्युअघि नै कोही छोराहरू नजन्मीकनै मरे। यसैकारण एलाजार र ईतामारले पूजाहारीहरूको काम गर्थे। ⓗ
3दाऊदले एलाजारका सन्तान सादोक र ईतामारका सन्तान अहीमेलेकको परामर्श लिएर तिनीहरूका पूजाहारीहरूका आ-आफ्नो जिम्मेवारीअनुसार काम गर्नलाई दल बनाइदिए।
4तिनीहरूका घरानाका मुख्य पुरुषहरू ईतामारको भन्दा एलाजारको ज्यादा भेट्टाइए। त्यसकारण एलाजारका सन्तानबाट परिवारका सोह्र जना मुखिया र ईतामारका सन्तानबाट परिवारका आठ जना मुखियाहरू आ-आफ्नो दलमा बाँधिए।
5तिनले तिनीहरूका बीचमा चिट्ठा हालेर विनापक्षपात दलहरू बनाए, किनकि एलाजार र ईतामार दुवैका सन्तानमध्ये पवित्रस्थानका अधिकारीहरू र परमेश्वरका अधिकारीहरू थिए।
6नतनेलका छोरा शमायाह, जो एक लेवी र शास्त्री पनि थिए, तिनले राजा र अधिकारीहरूका सामुन्ने पूजाहारीहरूका नाउँ लेखे: सादोक पूजाहारी र अबियाथारका छोरा अहीमेलेक र पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू, अर्थात् एलाजारका सन्तानबाट र ईतामारका सन्तानबाट पालोपालो एकएक परिवारको नाउँ तिनले लेखे।
7पहिलो चिट्ठा यहोयारीबको नाउँमा, दोस्रो यदायाहको,
8तेस्रो हारीमको, चौथो सोरीमको,
9पाँचौँ मल्कियाहको, छैटौँ मियामीनको,
10सातौँ हक्कोसको, आठौँ अबियाको,
11नवौँ येशूअको, दशौँ शकन्याहको,
12एघारौँ एल्यासीबको, बाह्रौँ याकीमको,
13तेह्रौँ हुप्पाको, चौधौँ येशेबाबको,
14पन्ध्रौँ बिल्गाको, सोह्रौँ इम्मेरको,
15सत्रौँ हेजीरको, अठारौँ हप्पिसेसको,
16उन्नाईसौँ पतहियाहको, बीसौँ यहेजकेलको,
17एक्काईसौँ याकीनको, बाईसौँ गमूएलको,
18तेईसौँ दलायाहकोर चौबीसौँ माज्याहको नाउँमा निस्क्यो।
19तिनीहरूका पुर्खा हारूनले यो आदेश परमप्रभु इस्राएलका परमेश्वरबाट पाएका थिए। तिनले तोकेको यो विधिअनुसार जब तिनीहरू परमप्रभुको मन्दिरमा आफ्नो सेवाको काम गर्न जान्थे, तब तिनीहरूको सिलसिला यही थियो।
20बाँकी लेवीहरूबाट:अम्रामका छोराहरूबाट:शूबाएल।शूबाएलका छोराहरूबाट:येहदयाह।
21रहब्याहका छोराहरूबाट:यिशियाह, जो रहब्याहका छोराहरूमध्ये जेठा थिए।
22यिसहारको वंशका शलोमोत। शलोमोतका छोराहरूबाट:यहत।
23हेब्रोनका छोराहरू:यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल, चौथा यकमाम।
24उज्जीएलका छोराहरू:मीका। मीकाका छोराहरूबाट: शामीर। मीकाका भाइ यिश्याह।
25यिश्याहका छोराहरूबाट:जकरिया।
26मरारीका छोराहरू:महली र मूशी। यजियाहका छोरा बनो।
27मरारीका छोराहरू:यजियाहबाट:बनो, शोहम, जक्कूर र इब्री।
28महलीबाट: एलाजार, जसका कोही छोराहरू थिएनन्।
29कीशबाट:कीशका छोरा यरहमेल।
30अनि मूशीका छोराहरू:महली, एदेर र यरीमोत। लेवीहरू आ-आफ्ना परिवारअनुसार यी नै थिए।
31राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्थितिमा आफ्ना कुटुम्ब हारूनका सन्तानहरूले गरेझैँ यिनीहरूले पनि चिट्ठा हाले।