पुरानो नियमNNRV
1जब दाऊद वृद्ध र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए। ⓓ
2तिनले इस्राएलका सबै कुलनायक, पूजाहारीहरू र लेवीहरूलाई भेला गराए।
3लेवीहरूमध्ये तीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू गनिए। तिनीहरूका पुरुषहरू सबै जम्मा अठतीस हजार थिए।
4तिनीहरूमध्येका चौबीस हजारचाहिँ परमप्रभुका मन्दिरको कामको रेखदेख गर्न, छ हजार अधिकृत र न्यायकर्ताहरू,
5चार हजार द्वारपालहरू, र चार हजारचाहिँ दाऊदले दिएका बाजा बजाएर परमप्रभुको स्तुतिगान गर्न तिनले खटाइदिए।
6दाऊदले तिनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम भाग-भाग गरी विभाजन गरे।
7गेर्शोनीहरूका सन्तान:लादान र शिमी।
8लादानका छोराहरू:जेठा छोरा यहीएल, जेताम र योएल— तीन जना।
9शिमीका छोराहरू:शलोमोत, हजीएल र हारान— तीन जना। लादानका परिवारका मुखियाहरू यी नै थिए।
10अनि शिमीका छोराहरू:यहत, जीजा, येऊश र बरीआ— चार जना।
11यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्ति एकै परिवारमा गनिए।
12कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल चार जना।
13अम्रामका छोराहरू: ⓔ हारून र मोशा। हारूनलाई चाहिँ अलग गरिएको थियो। तिनी र तिनका सन्तान सधैँको लागि अनि पवित्र कुराहरू अर्पण गर्न, परमप्रभुको सामु बलिदानहरू चढ़ाउन, र उहाँको सामु सेवा गर्न र उहाँको नाउँमा सधैँ आशीर्वाद दिन अलग गरिएका थिए।
14परमप्रभुका जन मोशाका छोराहरूचाहिँ लेवीकै कुलका कहलाइए।
15मोशाका छोराहरू:गेर्शोम र एलीएजर।
16गेर्शोमका सन्तान:शूबाएलचाहिँ जेठा थिए।
17एलीएजरका सन्तान:रहब्याहचाहिँ जेठा थिए। एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू औधी धेरै थिए।
18यिसहारका छोराहरू:शलोमीतचाहिँ जेठा थिए।
19हेब्रोनका छोराहरू:यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल र चौथा यकमाम।
20उज्जीएलका छोराहरूमा:मीकाचाहिँ जेठा र दोस्रा यिशियाह।
21मरारीका छोराहरू:महली र मूशी।महलीका छोराहरू:एलाजार र कीश।
22एलाजार मर्दा तिनका छोरीहरू मात्र थिए, छोराहरू थिएनन्। यसैले तिनका दाजुभाइहरू, अर्थात् कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे।
23मूशीका छोराहरू:महली, एदेर र यरीमोत— तीन जना।
24सूचीमा परिवार-परिवारअनुसार लेखिएका लेवीका सन्तान, आ-आफ्ना परिवारका मुखियाहरू, बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू जसले परमप्रभुको मन्दिरमा सेवा गर्थे, तिनीहरू यस्तै थिए।
25किनभने दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले आफ्नो प्रजालाई शान्ति दिनुभएको छ, र यरूशलेममा सदासर्वदा उहाँ वास गर्न आउनुभएको छ।
26यसैकारण लेवीहरूले फेरि कहिल्यै पवित्र वासस्थान अथवा त्यसको सेवामा प्रयोग गरिने भाँड़ाहरू बोक्नुपर्नेछैन।” ⓕ
27दाऊदका यी नै पछिल्ला वचनद्वारा बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका लेवीहरू गनिए।
28लेवीहरूको काम परमप्रभुका मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सघाउनु थियो। चोक र कोठाहरूको रेखदेख गर्नु, सबै पवित्र थोकहरू शुद्ध पार्नु, परमेश्वरका भवनको सेवाको अरू काम गर्नु, ⓖ
29अनि टेबिलमा राखिएको रोटी मिलाउनु, अन्नबलिको पीठो, अखमिरी बाबर, पोलेका र तेलमा पकाएका फुरौला र ढक र तराजू तयार गर्नु— यी सबै कामको जिम्मा तिनीहरूको थियो।
30परमप्रभुलाई सधैँ बिहान र बेलुका, अनि शबाथ, औंसी र ठहराइएका चाड़हरूमा परमप्रभुको निम्ति होमबलि चढ़ाउने बेलामा
31तिनीहरू धन्यवाद दिने र स्तुति गर्ने काममा विधिपूर्वक र निरन्तर लागिरहनुपर्थ्यो।
32यसरी लेवीहरूले भेट हुने पाल र पवित्रस्थानको जिम्मा, अनि तिनीहरूका कुटुम्ब हारूनका सन्तानहरूको अधिकारमुनि परमप्रभुका मन्दिरको सेवाको जिम्मा लिनुपर्थ्यो।